‘पुर्बेली कान्छा’ लिएर फेरि दर्शकमाझ आएका किरण गौतम

काभ्रे । लोककथा र लोक–आधुनिक गीतहरूमा आफ्नै छुट्टै पहिचान बनाउँदै आएका कलाकार किरण गौतम नयाँ गीत ‘पुर्बेली कान्छा’ लिएर फेरि श्रोता–दर्शकमाझ आएका छन्। शब्द लेख्ने, धुन बनाउने र स्वयं स्वर दिने—यी सबै भूमिकामा किरणको सक्रियता यस गीतमा झनै प्रस्ट देखिन्छ।

उनले  गाउँघरको सरल प्रेमकथा, पुरानो स्वाद र लोकभाकाको गन्धलाई आधुनिक रूप दिएर प्रस्तुत गरेका छन्। किरणकै कल्पना, कलम र आवाजमा जन्मिएको ‘पुर्बेली कान्छा’ले उनी किन पछिल्ला वर्षमा चर्चित भैरहेका छन् भन्ने कुरा फेरि एकपटक पुष्टि गर्छ।

गायिका सम्झना सेञ्चुरीले पनि स्वरमा साथ दिएकी छन्। गीतले पहाडी गाउँघरको प्रेम, सरल जीवन र पुरानो स्वाद समेटेको छ।

गीतमा सङ्गीत संयोजन आरके मिलनले गरेका छन् भने मिक्सिङ, मास्टरिङ र एडिसनल प्रोग्रामिङ कुमार सानु पुनले गरेका छन्। रेकर्डिङ तथा अन्तिम तयारी शंकरा डिजिटल एचडीमा गरिएको हो।

साथै सार्वजनिक भिडियोले गीतको कथा झनै प्रस्ट बनाएको छ। भिडियोमा सुरेश कोहली र सम्झना सेञ्चुरी फिचर्ड छन्। छायांकन आरडी दुलालले गरेका छन् भने सम्पादन र DOP सुरेश काफ्लेले गरेका छन्। नृत्य निर्देशन प्रवीण थापा, कस्ट्युम रामाज कलेक्शन, मेकअप सुमन शंकर, पोस्ट–प्रोडक्सन Chillgadi Filmsले गरेका छन्।

यसअघि किरणले ‘ए मेरो माया’, ‘मुसि फरार भकि छे’, ‘गौरी’, ‘काभे जिल्ला माया को लाल किल्ला’ जस्ता गीत सार्वजनिक गरिसकेका छन्। ती गीतहरूले उनलाई लोककथा र आधुनिक लोकभाकासँग मिलाउने सशक्त कलाकारको रूपमा स्थापित गरेका छन्।

‘पुर्बेली कान्छा’ सार्वजनिक भएसँगै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया आएको छ। गीतले प्रेम, गाउँघरको सरलता र पुरानो स्वाद सम्झाइदिएको भन्दै धेरैले प्रशंसा गरेका छन्। यसले किरण गौतमको सिर्जनात्मक क्षमता र लोकगीत क्षेत्रमा उनको योगदानको अर्को प्रमाण पेश गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ