एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ । राजधानी काठमाण्डुमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११:४५ बजे पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्, भने अपराह्न ४:०० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्।

लगातार चार खेल हारेर तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।

चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ।

अपराह्न ४:०० बजे हुने दोस्रो खेल पोखरा र कर्णालीबीच हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्नका लागि अत्यन्त महत्त्वपूर्ण छ। चार खेलमा एक खेल जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रा सहज हुनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ