सांस्कृतिक विविधताले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकृति र मानवबीचको गहिरो सम्बन्धको प्रतीकका रूपमा मनाइने नेपाली चाडपर्वहरूले सांस्कृतिक पहिचान मजबुत बनाउनसँगै सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने कार्य गर्दै आएको बताएका छन्।

उधौली, योमरी पुन्हि र धान्यपूर्णिमाको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत उनले देश–विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरे।

सन्देशमा उनले भनेका छन्, “सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाटै समावेशी र सहभागितामूलक राष्ट्र निर्माण सम्भव हुन्छ। नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ