काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २८ पुगेको छ। आज काठमाडौँ गोर्खाजका बेन चाल्र्सले पोखरा एभेन्जर्सविरुद्ध ५० रन पूरा गरेसँगै अर्धशतकको संख्या २८ पुगेको हो। उनले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे। यससँगै उनी अर्धशतक गर्ने २४औं खेलाडी बने।
जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन अर्धशतक, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक बनाएका छन्।
अर्धशतक बनाएका अन्य खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखका नाम पनि छन्।
कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले भने यस प्रतियोगितामा शतक प्रहार गरेका एकमात्र खेलाडी हुन्।










