लुम्बिनी लायन्स एनपिएल सिजन-२ को च्याम्पियन

काठमाडौँ । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ ।

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन बनेको हो, जबकि सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामा समेटिएको छ। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हासिल गरेको थियो। लिग चरणमा शुरुवातमा तीन खेलमा हार झेल्नुपरेपछि लुम्बिनी लिग चरणबाट बाहिरिने खतरामा परेको थियो, तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एनपिएलको उपाधि जित्न सफल भयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ