काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा अपराह्न ४ बजेसम्म करिब ७ सय मत खसिसकेको छ। मतदान आज बिहान ९:३० बजे सुरु भएको थियो र ४ बजेसम्म एकतिहाइ मत खसेको ने प्रतिनिधिहरूले जनाएका छन्।
महाधिवेशनमा एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कुल दुई हजार २६३ प्रतिनिधि मतदानमा सहभागी छन्।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। ओली र पोखरेल आफ्ना प्यानलसहित पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरिरहेका छन्।










