नेकपाले सिन्धुपाल्चोक–१ मा माधव सापकोटा र क्षेत्र–२ मा युवराज दुलाललाई उम्मेदवार तोक्यो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा युवा नेता माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाएको छ । सापकोट सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका हुन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार बनाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार दुलालाई टिकट दिएका हुन् ।

प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ । चौतारा साँगाचोकगढी स्थायी घर भएका दुलाल बागमती प्रदेशसभा सदस्य समेत हुन् । उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ