एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा, चारवटै सुरक्षा निकाय सक्रिय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले आजदेखि नेपाली सेना परिचालन गरिएको छ।

सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी समेत परिचालित भएका छन्।

सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले सम्हाल्नेछ।

बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनाले लिनेछ। नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित हुने जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ