निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न आयोग–टिकटकबीच समझदारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न निर्वाचन आयोगले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच भएको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा बनेको वातावरणलाई धमिलिन नदिन यो सम्झौता महत्वपूर्ण रहेको बताए।
सम्झौतापछि टिकटकमार्फत हुने आचारसंहिता उल्लङ्घन र मिथ्या सूचना नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले गरेको छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ