काभ्रेमा राजनिति दलका उमेदारहरु चुनावी माहोल बनाउँदै, स्वतन्त्रको प्रतिसपर्धा

बनेपा । काभ्रे जिल्लामा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनको चुनावी माहोल तातिन थालेको छ । निर्वाचनको मिति नजिकै जादाँ राजनिति दलका उमेदारहरु जनताको घरदैलो अभियान कार्यतालिका बनाएर आफ्‌नो निर्वाचन क्षेत्रमा लागेका हुन् ।

राजनिति दलहरू पार्टी संगठन र कार्यकर्ता लिएर चुनावी अभियानमा लागि रहदाँ स्वतन्त्र उम्मेदवारहरुले पनि अभियान शुरु गरिसकेका छन् । प्रतिनिधिसभा सदय निर्वाचनका लागि काभ्रे–१ मा १८ मध्ये ३ जनाले स्वतन्त्र र प्रतिनिधिसभा सदय निर्वाचन क्षेत्र नं २ का २४ मध्ये ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । काभ्रेका दुबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदय निर्वाचनका लागि स्वतन्त्र उमेदारले उमेदारी दर्ता गराएपनि प्रतिस्पर्धा भने दलहरु वीचमा नै हुने देखिन्छ ।

प्रतिनिधिसभा सदय निर्वाचनका लागि काभ्रे–१ मा नेपाली कम्युनिष्ट पार्टीका दिनानाथ गौतम, नेपाली काग्रेसबाट गुणराज मोक्तान, रास्वापाबाट मधु चौलागाई र एमालेबाट अमित लामा बीच नै प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका दिनानाथ गौतम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम दशकौँदेखि वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनदेखि सशस्त्र संघर्ष, बेपत्ता जीवन, यातना र लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा चौरीदेउराली गाउपालिकाको स्थानीय तहको अभ्यासमा समेत सफल नेतृत्व प्रस्तुत गरेका गौतम २०७४ देखि २०७९ सम्म चौंरीदेउराली गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष हुन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक शुरु गरेका गौतम २०५२ सालमा स्थायी जागिर परित्याग गर्दै उनले जनयुद्धमा पूर्णकालीन रूपमा भूमिगत भएका थिए । जिल्लामा संगठन विस्तार र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका गौतममाथि सालमा तत्कालीन सरकारले २०५८ र २०५९ ‘रेड कर्नर नोटिस’समेत जारी गरेको थियो । राजनीतिक संक्रमणकालमा पनि संगठन र आन्दोलनलाई निरन्तरता दिँदै आएका गौतम २०६५ सालमा काभ्रे जिल्ला अध्यक्ष, सह–इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए ।

यसैगरि यसैगरि नेपाली काग्रेसबाट गुणराज मोक्तान सामाजीक र शिक्षा क्षेत्रमा काम गरेका उमेदार हुन भने एमालेका अमित लामा एमालेका बिद्यार्थी संगठनमा काम गरेका व्यावसासयी हुन । रास्वपाका मधु चौलागाई तत्कालीन माओवादी कार्यकर्ता भएपनि अन्य पार्टी हुदै रास्वपाबाट उमेदार बनेका छन् ।

काभ्रे–१ मा स्वतन्त्र उम्मेदवारका रूपमा जीवन लामा यसअघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा भोलेन्टियर फोर्सको केन्द्रीय सदस्य रहे पनि उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि सबै पदबाट राजीनामा दिएका थिए ।
यस्तै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै आएका राजेशकुमार श्रेष्ठले क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा उज्यालो नेपाल लगायत पार्टीको उमेदार चुनाबी मैदानमा छन् ।
यसैगरि काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई चुनावी प्रतिस्पर्धामा छन् । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुमागाई न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेता हुन ।

हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारीका लागि विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न व्यक्ति हुन् । साबिक भुमिडाँडामा गाविस अध्यक्ष निर्वाचित हुँदै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा सफल कार्यसम्पादन गरेका नेताको रूपमा परिचित छन् । १३ महिनाको मन्त्री कार्यकालमा उनले कृषि तथा पशुपन्छी क्षेत्रको संस्थागत सुधार, कृषि तथा पशुपन्छीसम्बन्धी कार्यविधिका बृद्धि, बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र ,कृषि ऐन तथा पोलिसी विकास बोर्ड स्थापना गर्नेको लागि अग्रणी भुमिका निभाएका थिए ।

यसै समयमा भौतिक पूर्वाधार विकासतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८ देखि १० वटा ठूला सडक तथा पक्की पुल निर्माण , सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयनमा आएका छन् भने काभ्रेका १३ वटै पालिकामा विकास आयोजनाका लागि डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका योजना कार्यान्वयनको चरणमा रहेका छन् । हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा योजनाबद्ध विकास प्रभावित भएको उल्लेख गरेका छन् ।
मुलुकको दिगो बिकास रूपान्तरण बिना देशलाई समृद्धिको बाटोमा लैजान नसकिने बताउँछन् । यसको लागि आफनो उमेदारी रहेको बताउँने हुमागाई काभ्रे निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभाका पहिलो नम्बरका उमेदार हुन् ।

यसै गरि नेकपा एमालेको काभ्रे जिल्लाको अगामी २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा अशोक व्यान्जुले टिकट पाएका छन् । एमाले काभ्रे जिल्लाको अर्न्तबिरोधका बाबजुत अशोकले ओलीको आर्शिवाद स्वरुप टिकट पाएका हुुन् । यस अघिको निर्वाचनमा अत्याधिक मत अर्न्तरले जितेका गोकुल बास्कोटालाई टिकट नदिएको भन्दै कार्यकर्तामा ठुलो अर्न्तबिरोध रहेको छ । धुलिखेल नगरपालिकामा ३ पटक जनप्रतिनिधि निर्वाचित भएका निवर्तमान नगर प्रमुख ब्याञ्जु यसपटक प्रतिनिधी सभामा उमेदारी दिएका छन् ।

यसैगरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । पुस्तान्तरण, वैचारिक स्पष्टता र सांगठनिक सुधारमार्फत पार्टी तथा राज्य रूपान्तरणको आवाज सशक्त रूपमा उठाउँदै आएका आचार्यले ‘जेन्जी’ युवाहरूले खोजेको सुशासन, विकास, भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन व्यवस्था निर्माण आफ्नो मुख्य राजनीतिक प्रतिबद्धता रहेको धारणा व्यक्त गरेका छन् ।
यसैगरि आगामी प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट रास्वपाको तर्फबाट बदन भण्डारी काभ्रेको उम्मेदवार बनेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–२,सिम्थलीमा जन्मिएका भण्डारी इ–कमर्स व्यवसायी, मिडिया कर्मी तथा सक्रिय सामाजिक अभियन्ता हुन् ।

राजनीतिक रूपमा बदन भण्डारी विगत २० वर्षदेखि सक्रिय भण्डारी पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीतिक संस्कारको वकालत गर्दै आएका छन् । सामाजिक न्याय, अवसरको समानता र समावेशी विकास उनका मुख्य राजनीतिक एजेन्डा हुन् । क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएको गणेशप्रसाद अधिकारीले राजनीतिक दलप्रति बढ्दो वितृष्णा र वैकल्पिक राजनीतिक धारको आवश्यकताका कारण व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि समग्र जेनजी आन्दोलनबाट उठेको अभियान भएको बताए ।’

काभ्रे–२ मा भुम्लु गाउँपालिका–२, सिमथलीका स्वतन्त्र उम्मेदवार उमेश थापा, लेनिन विष्टले वर्तमान राजनीतिप्रतिको असन्तुष्टि र युवापुस्ताको माग भएको बताएका छन् । काभ्रे–२ का ४२ वर्षीय सीताराम मैनाली कृषि क्रान्ति गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन् । यसैगरि स्वतन्त्र उम्मेदवारी दिएको काभ्रे–२ का स्वतन्त्र उम्मेदवार ५२ वर्षीय विष्णुकुमार श्रेष्ठले ठूला राजनीतिक दलहरूले जनताको अपेक्षा अनुरूप काम गर्न नसकेका कारण आफ्‌नो उमेदारी भएको बताए । यसैगरि क्षेत्र नं २ मा आशा तामाङले स्वतन्त्र उम्मेदवार उम्मेदवारी दिएकीछन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ