आईसीसी टी–२० विश्वकप: नेपाल आज इटालीसँग पहिलो जितका लागि मैदानमा

काठमाडाैं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल दोस्रो खेलमा आफ्नो पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाएर १८० रनमा सीमित भएको थियो।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा भएको अईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणमा नेपालले चार खेल भारतमै खेल्नेछ। अहिलेसम्म विश्वकपमा जितविहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जीत दर्ता गर्ने तयारी गरिरहेको छ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। दोस्रोपटक विश्वकप खेल्न नेपाललाई १० वर्ष लागेको थियो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो। अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग मात्र एक रनले पराजित भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ