निर्वाचनका २१ दिन बाँकी: नागरिक शिक्षा प्रवर्द्धनका लागि तयार स्रोत सामग्री

काठमाडाैं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको छ। यसमा लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली र मतदानसम्बन्धी विषयहरू समावेश गरिएको छ।

साथै, मतदानको महत्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र राजनीतिक दलसम्बन्धी जानकारी पनि सामग्रीमा समेटिएको छ। आयोगले तयार गरेको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार यी सामग्रीको आधारमा सरकारी तथा नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिहरूले नागरिक शिक्षा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्। साथै, आयोगले आगामी फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी पनि गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ