काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाई पाँचखाल नगरपालिका वडा नं. १ र २ तथा तामाघाट (धुलिखेल नगरपालिका वडा नं. २) मा मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। विवादरहित र जनमुखी नेता भनेर चिनिएका हुमागाईले आफ्नो १३ महिनाको मन्त्री कार्यकालमा भएका ठोस विकास निर्माणका काम सार्वजनिक गर्दै आगामी कार्यकालमा पनि जनताको आवाज
संसदसम्म पुर्याउने दृढ प्रतिबद्धता जनाएका थिए। “भूमि सम्बन्धी समस्या काभ्रेमा गम्भीर छ, अब यो विषय संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता गरेका छ्न ! काभ्रे जिल्ला को पाचखाल नगर पालिकाको वडा १ र २ का मतादातासगको भेटघाटका क्रममा यस्तो कुरा बताएका हुन । नेता हुमागाइले किसान, युवा, वृद्ध तथा व्यवसायीहरूले उठाएका समस्या समाधानको लागि नीति, कानुन र बजेटमार्फत समाधान खोजिने बताएका छ्न। उनले विकास निर्माणका कामलाई निरन्तरता दिने, जनताको जीवनसँग जोडिएका समस्या टार्न नदिने र प्रतिनिधिको हैसियतमा जनतासँग सधैँ जवाफदेही रहने प्रतिबद्धता जनाएका छन !
पाँचखाल १–२ र तामाघाटका मतदाताले पनि विवादरहित, स्पष्ट दृष्टिकोण भएको र काम गरेर देखाइसकेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै हुमागाईप्रति बढ्दो विश्वास र समर्थन रहेको बताएका थिए ।












