काठमाडौँ । २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ वटा संस्था पर्यवेक्षणमा संलग्न हुने भएका छन्।
निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सीता पुनका अनुसार राष्ट्रियस्तरका ३७ र अन्तर्राष्ट्रियस्तरका चार गरी कुल ४१ संस्थालाई पर्यवेक्षण अनुमति दिइएको हो।
अधिकारीका अनुसार अनुमतिप्राप्त संस्थाका करिब चार हजार तीन सय जना पर्यवेक्षकलाई परिचयपत्र जारी गरिसकिएको छ। आयोगले निर्वाचनको स्वच्छता प्रवर्धन, पारदर्शिता अभिवृद्धि र लोकतान्त्रिक वैधता सुनिश्चित गर्न पर्यवेक्षण कार्यलाई उच्च प्राथमिकतासहित अघि बढाइरहेको छ।










