राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ। रामचन्द्र पौडेल समक्ष आज नेपालका लागि नियुक्त विभिन्न पाँच मुलुकका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूतहरूले प्रमाणपत्र बुझाउनुभएको हो।

समारोहमा अस्ट्रेलिया का राजदूत साइमन अर्नष्ट, साउदी अरब का राजदूत फाद मोहम्मद आज्मी मङ्खिर तथा चीन का राजदूत चाङ माओमिङले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। उहाँहरू नेपालका लागि आवासीय राजदूत हुनुहुन्छ।

त्यसैगरी, मालदिभ्स की राजदूत आइसाथा अजिमा र तुर्की का राजदूत अली मुरत इस्र्वेले पनि राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। उहाँहरू नेपालका लागि गैरआवासीय राजदूत हुनुहुन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ