निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाता सूचीमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ८६ हजार अस्थायी मतदाता सूचीमा समावेश भएका छन् ।

ती मतदाताले समानुपातिक तर्फको मतदान तोकिएको अस्थायी मतदानस्थलबाट गर्न पाउनेछन् ।

मतदाता नामावलीमा नाम भए पनि निर्वाचनको समयमा खटिनुपर्ने वा अन्य कारणले आफ्नो स्थायी मतदानस्थलमा जान नसक्ने व्यक्तिलाई अस्थायी मतदाता सूचीमा राखिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल सरकार, प्रदेश र स्थानीय तहका कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा तथा कैदी र निर्वाचनमा खटिएका सुरक्षाकर्मी अस्थायी मतदाता सूचीमा समावेश छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ