जेनजी आन्दोलनपछि बनेको सरकारले चुनाव गराउन सफल : कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा भएको सरकारले विषम परिस्थितिका बीच प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको बताउनुभएको छ।

निर्वाचनपछि रासससँगको अन्तर्वार्तामा उहाँले सरकारको मुख्य जिम्मेवारी चुनाव गराउने रहेको र त्यो कार्य समयमै पूरा भएको बताउनुभयो।

जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक दल, नागरिक समाज र सुरक्षाकर्मीको सहकार्यमा निर्वाचन सम्पन्न गराएको उहाँको भनाइ छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षा निकाय तथा आम नागरिकको सहयोगका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ