राष्ट्र निर्माणमा सबै पक्षलाई अघि बढ्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेसी समुदायको अधिकार, पहिचान र स्वतन्त्रताका आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभएको छ।

मधेसी आयोग स्थापना दिवसको कार्यक्रममा उहाँले सामाजिक न्याय, सुशासन, विकास र राष्ट्रिय एकताको भावना बलियो बनाउनु आन्दोलनको मुख्य लक्ष्य भएको बताउनुभयो।

कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हाले मधेसका भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएको उल्लेख गर्नुभयो भने राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षले सांस्कृतिक तथा भाषिक अधिकारको संरक्षणमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ