भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने

काठमाडौँ । मिथिलाञ्चलमा चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको छ।

ब्रतालुहरू साँझ सूर्य अस्ताउनुभन्दा अगावै पोखरी तथा नदीमा प्रवेश गरी षष्ठी माताको पूजा गर्दै सूर्यदेवलाई अर्घ दिएका थिए।
खरना पर्वमा ब्रतालुहरूले दिनभर निराहार उपवास बसेर साँझ प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

प्रसादमा खीर, केरा, दूध तथा विभिन्न फलफूल चढाइन्छ। अर्घ दिने क्रममा मुला, उखु, नरिवल, ठकुवा लगायतका सामग्री प्रयोग गरिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ पर्व सम्पन्न हुनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ