काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।
सभामुख पदमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। संघीय संसद सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो।
उक्त अवधिमा रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक बनेका थिए भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समर्थकका रूपमा अर्यालको उम्मेदवारी दर्ता गराएका थिए।
अब चैत २२ गते आइतबार बस्ने प्रतिनिधिसभाको बैठकबाट अर्याललाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।










