काठमाडौँ । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र प्रतिनिधिसभाको सभामुख निर्विरोध निर्वाचित भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार सभामुखका लागि उम्मेदवारी दर्ता शुक्रवार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला थियो र यस अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
उनको शपथ चैत २२ गते आइतबार आयोजना गरिने भएको छ।










