निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यक्रम भोलिदेखि पुनः सुरु गर्ने

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ।

आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परिचयपत्र (NID) नम्बर भएका नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गरी नाम दर्ता गर्न सक्नेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ