काभ्रे । वर्षायाम नजिकिँदै गर्दा सम्भावित बाढी जोखिमको मूल्यांकन गर्न गृहमन्त्री सुदन गुरुङ काभ्रे जाने भएका छन्। बीपी राजमार्ग र रोशी खोलाको अवस्था बुझ्न उनको टोली आज बिहान ९ बजे काठमाडौंबाट प्रस्थान गर्नेछ।
निरीक्षणका क्रममा प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरिनेछ। साथै, जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीबारे सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।










