काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुने जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए।
उक्त अवसरमा उनीहरूबीच समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।










