काठमाडौँ । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग भेटघाट तथा छलफल गरेका छन्।
उनले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन तथा विधायन प्रक्रियालाई सुदृढ बनाउने विषयमा विचारविमर्श भएको छ।










