रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका हुन् । लामिछानेले लेखेका छन्, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।’

सभापति लामिछानेले पछिल्ला दिनमा पुराना पार्टीका नेता तथा व्यापारीमाथिमाथि भइरहेको कारवाहीलाई खिल निकाल्न लागेको संकेत गरेका हुन् ।

उनले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको सुखद कामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ