जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ । डिजिटल सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित सरकारले नागरिक एपमा थप सेवाहरू एकीकृत गर्ने अभियानलाई तीव्रता दिएको छ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जन्म, विवाह र सम्बन्धबिच्छेद दर्ता लगायतका पञ्जीकरण सेवाहरूलाई एउटै प्रणालीमा समेट्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो।

विभागका अनुसार प्रारम्भिक चरणको काम सुरु भइसकेको छ र केही समयभित्रै नागरिकहरूले यस्ता प्रमाणपत्रहरू एपमार्फत प्राप्त गर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अघि नै सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। यससँगै विभिन्न सरकारी निकायहरूसँग समन्वय गरी प्रणाली विकासको काम तीव्र रूपमा भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ