बागमती प्रदेशसभाको बैठक आह्वान

काठमाडौँ । बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक वैशाख ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ।

उक्त बैठकमा गत चैत २५ र २६ गते प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गरिनेछ।

साथै, ती विधेयकहरूलाई दफाबार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाइने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।.0.

सम्बन्धित खवर