काठमाडौँ । संघीय संसद्को दुवै सदनको अधिवेशन हालका लागि स्थगित गरिएको छ। रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसका आधारमा यस्तो निर्णय गर्नुभएको हो।
यसअघि संविधानको धारा ९३ अनुसार वैशाख १७ गते दिउँसो २ बजे अधिवेशन बोलाइएको थियो।
तर आजको मन्त्रिपरिषद् बैठकले विशेष कारण देखाउँदै अधिवेशन रोक्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।











