काठमाडौँ । बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, ऊर्जा, पर्यटन, शिक्षा लगायत क्षेत्रमा सहकार्यका ठूलो सम्भावना रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी बङ्गलादेशी अधिकारी तथा व्यवसायीहरूले पनि दुई देशबीचको आर्थिक साझेदारीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
यस कार्यक्रममा उद्योगी, ट्राभल व्यवसायी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।










