सरकारी जग्गामा बनेका घरटहरा बुटवलमा पनि हटाउन थालियो

काठमाडौँ । बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउने कार्य पुनः सुरु गरिएको छ।

उपमहानगरपालिका–४ मा उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि बनेका घरटहरा हटाउने अभियान अघि बढाइएको हो।

करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएको उक्त जग्गा पूर्वमा अञ्चलाधीश कार्यालयको नाममा रहेको थियो। सो कार्यालय खारेज भएपछि सरकारले उक्त जग्गा उच्च अदालतलाई प्रयोगका लागि दिएको थियो।

शनिबार साँझ स्थानीय तहले माइकिङमार्फत सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो। त्यसपछि आइतबारदेखि हटाउने कार्य सुरु गरिएको हो।

यस क्षेत्रमा चिया पसल, रेष्टुरेन्ट लगायतका अस्थायी टहरा सञ्चालनमा रहेको पाइन्छ। साथै, केही सरकारी तथा संस्थागत संरचनाहरू पनि सोही क्षेत्रभित्र पर्छन् वा पर्दैनन् भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ