काठमाडौँ । भक्तपुरको मनोहरा किरान क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने काम सुरु गरिएको छ।
आज बिहानैदेखि जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बस्तीका संरचना भत्काउन थालिएको हो।
यसअघि शनिबार पनि बस्ती हटाउन प्रहरी टोली पुगेको थियो। तर स्थानीयको अवरोध र ढुंगामुढाका कारण टोली फर्किन बाध्य भएको थियो।
उक्त घटनामा केही प्रहरी घाइते समेत भएका थिए।










