त्रिवि क्रिकेट मैदान नहट्ने सरकारको स्पष्टिकरण, लिज सम्झौता नयाँ ढङ्गले हुने

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक काम गर्न सक्ने निकायको सूचीमा राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने जानकारी दिएका छन्। साथै, बैठकले सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेललाई आईजीमा नियुक्त गरेको छ।

त्यसैगरी, भन्सार नियमावली २०८३ स्वीकृत गरिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाइने हल्लालाई खण्डन गर्दै सरकारका प्रवक्ताले त्यस्तो कुनै योजना नभएको बताएका छन्।

लिज सम्झौता सकिएकाले नयाँ स्वरूपमा सम्झौता गर्ने प्रक्रिया अघि बढेको उनले उल्लेख गरे।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ