भीष्मराज आङ्देम्बे बने कांग्रेस संसदीय दल नेता, गगन थापाबाट प्रमाणपत्र हस्तान्तरण

काठमाडौँ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार बैठकमा सहभागी सांसदहरूको सहमतिमा आङ्देम्बे नेतृत्वमा पुगेका हुन्।

पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिक प्रणालीबाट संसद्मा प्रवेश गरेका थिए र उनी यसअघि सहमहामन्त्री पदमा कार्यरत थिए।

चयनपछि सभापति गगन थापाले उनलाई संसदीय दल नेताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ