विष्णु पौडेलको आरोप: माओवादी उग्र वामपन्थले समाज रूपान्तरण नगरेको

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रूपान्तरण गर्न नसकेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा आयोजित २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पौडेलले माओवादीका नाममा देशले लामो समय हिंसात्मक गतिविधि र उग्र वामपन्थको असर भोग्नुपरेको दाबी गरे। उनले २०५६ सालको आम निर्वाचनमा रुकुममा एमाले उम्मेदवार रहेका यदु गौतमको हत्या माओवादीद्वारा भएको भन्दै आलोचना गरे।

उनका अनुसार माओवादीले हिंसाको बाटो लिएर ‘जनयुद्ध’का नाममा सत्ता कब्जाको प्रयास गरे पनि त्यो असफल भएको थियो। पछि कांग्रेस र एमालेसँग मिलेर जनआन्दोलनमा सहभागी भएको उनले उल्लेख गरे।

०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले ठूलो जनमत पाए पनि त्यसलाई सही रूपमा उपयोग गर्न नसकेको पौडेलको भनाइ छ। उनले माओवादीमा सत्ता र राज्य संरचना कब्जा गर्ने प्रवृत्ति कायम रहेको आरोप पनि लगाए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ