काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झा का अनुसार उम्मेदवार बन्न इच्छुक सदस्यले तोकिएको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन सह-महामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिले तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछाने लाई हस्तान्तरण गरिएको छ।










