प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई सचिव पदमा नियुक्त गरिएको हो।

यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरिएको थियो। उनी पदमुक्त भएपछि रिक्त रहेको सचिव पदमा नयाँ नियुक्ति गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ