जनताको भरोसा नै हाम्रो पहिचान हो : असिम शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको भरोसा नै हाम्रो पहिचान भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्दै उनले जनताको भरोसाप्रति विश्वास गरेका हुन् । कवितात्मक शैलीमा उनले कुनै राजनीतिक स्वार्थ र झुटो अभियान नभएर यो सरकारले जनताको भरोसामा पहिचान खोजेको बताएका हुन् ।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालेपछि शाहले सरकारको कामकारबाही र राजनीतिक वृत्तमा नागरिकको भरोसा टुट्न नदिने गरी काम भइरहेको संकेत गरेका छन्।

शाहले फेसबुकमा लेखेका छन्,
‘न स्वार्थको राजनीति, न झुटो अभियान,
जनताको भरोसा नै हो हाम्रो पहिचान।
देश बनाउने सपनामा जुटेका छौं हामी,
नेपालभन्दा माथि छैन कुनै सम्मान।’

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ