काभ्रेपलाञ्चोक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकको प्रथम जिल्ला अधिवेशनले प्रवीणकुमार ढकाललाई पुनः जिल्ला सभापतिमा सर्ब सम्बत चयन गरेको छ। अधिवेशनबाट चयन भएको १३ सदस्यीय जिल्ला कार्यसमितिमा सचिव पदबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका हुन्।
नवगठित कार्यसमितिको उपसभापतिमा पुण्यमाता घिमिरे, सचिवमा गुणनिधि सापकोटा तथा सहसचिवमा प्रकाश तिमल्सिना निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा नवराज बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा चयन भएका छन्।



शनिबार सम्पन्न अधिवेशनको उद्घाटन पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनहितका मुद्दामा केन्द्रित भई सक्रिय रूपमा काम गर्न आग्रह गरेका थिए।
पुनः जिल्ला सभापतिमा निर्वाचित भएका ढकालले पार्टीलाई अझ सशक्त, क्रियाशील र जनमुखी बनाउँदै संगठन विस्तार तथा जनविश्वास अभिवृद्धिका लागि अविचलित रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए !









