फोटो पत्रकारहरुका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौ, सम्पादक समाज नेपालको आयोजना र नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको प्राविधिक सहयोगमा सप्पन्न भएको छ ।

सम्पादक समाज नेपालको भवनमा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरमा संचालित प्राथमिक उपचार तालिम सम्पन्न भएको हो । तालीममा सहभागी फोटो पत्रकारहरुलाइ शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेरेसो काठमाडौ जिल्ला शाखा सभापति श्यामकाजी डोटेल, सम्पादक समाजका उपाध्यक्ष जुनारबाबु श्रेष्ठ, नेरेसो जिल्ला शाखा सदस्य नवराज काफ्ले, समाजका संरक्षक किरण वैद्यले सयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

२०८३ जेष्ठ २३ र २४ गते भएको आबासिय तालीममा विभिन्न संचार माध्यमका १० जना फोटो पत्रकार सहभागीता थियो ।

सम्बन्धित खवर