खानिखोला -: काभ्रेपलाञ्चोकको दक्षिणी भेगमा कफी खेतीलाई आम्दानीको भरपर्दो आधार बनाउने उद्देश्यसहित खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका ६० जना अगुवा कृषक पाँचदिने अध्ययन तथा अवलोकन भ्रमणमा निस्केका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित कफी ब्लक विकास कार्यक्रम र कफी प्रवर्द्धन तथा क्षेत्र विस्तार सहयोग कार्यक्रममार्फत आयोजना गरिएको भ्रमणमा ६ जना कर्मचारी र २ जना जनप्रतिनिधि सहित सहभागी छन्।
जेठ २५ गतेदेखि सुरु भएको भ्रमणका क्रममा टोलीले गुल्मीस्थित कफी विकास केन्द्र तथा सफल कफी उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेका किसान तथा सहकारीहरूको अवलोकन गरेको खानिखोला गाउपालिका वडान ३ का वडा अध्यक्ष सागर तामाङ ले बताए ! अध्यक्ष तामाङले भ्रमणको मुख्य उद्देश्य कफी खेतीका नयाँ प्रविधि, उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार व्यवस्थापनबारे व्यावहारिक अनुभव हासिल गर्नु रहेको बताए ।



खानीखोला गाउँपालिका–३ का वडा अध्यक्ष तामाङले खानीखोला र महाभारत क्षेत्रको हावापानी तथा भौगोलिक अवस्था कफी खेतीका लागि उपयुक्त रहेको बताउँदै कफीलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । “कफी हाम्रो क्षेत्रको सम्भावना बोकेको नगदे बाली हो, कृषकहरूले अन्य जिल्लाका सफल अभ्यासबाट सिकेर आफ्नो ठाउँमा लागू गर्न सके उत्पादन र आम्दानी दुवै बढाउन सकिने बताए ।
पछिल्ला वर्षहरूमा खानीखोला र महाभारतमा कफी खेती विस्तार हुँदै गएको छ। तर उत्पादन वृद्धि, प्रशोधन, ब्रान्डिङ र बजार पहुँचका क्षेत्रमा अझै चुनौती रहेकाले यस्ता अध्ययन भ्रमण प्रभावकारी हुने अपेक्षा गरिएको छ। कृषकहरूले पनि भ्रमणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर कफी उत्पादनलाई व्यावसायिक बनाउने बताएका छन्।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा सञ्चालित कार्यक्रमले काभ्रेको दक्षिणी क्षेत्रमा कफी खेतीको सम्भावनालाई थप उजागर गर्दै कृषकहरूको आयआर्जन वृद्धि र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको भ्रमणमा सहभागी किसानहरु बताउछ ।








