सीमाको विषयमा सत्ता–प्रतिपक्ष एक हुनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको वक्तव्यपछि धारणा राख्दै शाहीले नेपालले भारतको भूभाग मिचेको भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग पुनः दोहोर्‍याए।

उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू देशको सार्वभौमसत्ता र भू–अखण्डताको रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै उनीहरूको योगदानलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

शाहीले राष्ट्रियता र सीमासम्बन्धी मुद्दामा राजनीतिक दलहरूबीच मतभेदभन्दा पनि साझा धारणा आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै पक्ष एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे।

सम्बन्धित खवर