बनेपामा गरिमा चौधरीको हत्या प्रकरणमा दीप प्रज्वलन हुने

काभ्रेपलाञ्चोक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको बिरोध मा र मृत आत्माको चिरशान्तिको लागि काभ्रेपलाञ्चोकको बनेपामा दीप प्रज्वलन गरिने भएको छ।

स्थिति र सुशासनका लागि युवा अभियान काभ्रेको आयोजनामा २०८३ भदौ ७ गते साँझ ५ बजे बनेपा चारदोबाटोमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको हो।
थिति र सुशासनका लागि युवा अभियानले निर्दोष बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कानुनी कारबाही तथा पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न माग गरेको युवा अभियान का सदस्य सचिब गणेश प्रसाद अधिकारी ले बताए।

गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी थिइन्। तीन दिनपछि उनको शव जीतपुरसिमरा–१ स्थित एक खाली घरमा फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

घटनापछि दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै सिमरालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ। आन्दोलनका क्रममा प्रहरीको खोजी कार्य जारी भएको भनिएको ढिलाइ भएको भन्दै यसको समेत छानबिन गर्न माग गरेको छ।

आयोजकले बालबालिकामाथि हुने यस्ता जघन्य अपराधविरुद्ध समाज एकजुट हुनुपर्ने भन्दै दीप प्रज्वलनमा आम नागरिक पत्रकार बुद्धि जिबिहरुको सहभागिताका लागि आह्वान समेत गरेको छ।

सम्बन्धित खवर