‘टिमुर’ पुस्तक विमोचन

काठमाडौं, घनश्याम कँडेलद्वारा लिखित टिमुर पुस्तक विमोचन गरिएको छ ।

काठेखोल ६ बाग्लुङ स्थायी बसोवास गर्नुहुने कँडेलद्वारा खाद्य वस्तुको नविनतम् स्वाद, सम्भावना र चुनौतिहरु समेटिएर लेखिएको पुस्तकमा स्वदेश तथा विदेशमा नेपालको खाद्य वस्तुसँग संस्कार र सँस्कृति जोडिएको विषयहरु पुस्तकमा समावेश गरिएको छ । नेपाल, भारत, जापान लगायतका विभिन्न देशहरुमा करिव २८ वर्षको सेफ (कुक) सम्बन्धीको अनुभव तथा स्वदेशमा नै युवालाई तालिम, रोजगार तथा स्वरोजगारको बारेमा ३१३ वटा फुडको बारेमा जानकारी गराइएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको पुस्तक विमोचनका क्रममा बाध्यतावस विदेश जानुपर्ने युवाहरुको अवस्थाको बारेमा जानकारी गराइएको छ । महानिर्देशक रिजालले नेपालबाट रोजगारी तथा अध्ययनको लागि भन्दै हजारौं युवाहरु विदेश जाने गरेको जानकारी गराउनुभयो । ‘दैनिक रुपमा नेपालबाट अध्ययन तथा रोजगारीको लागि नौ हजारभन्दा बढी युवाहरु विदेश जाने गरेका छन्, जसमा आठ हजार हाराहारी फर्कने गरेका छन्’, उहाँले भन्नुभयो, ‘दैनिक रुपमा एक हजार हाराहारी युवाहरु विदेशमा नै पलायन भइरहेको अवस्था छ, यो निकै गम्भीर र चुनौतिपूर्ण रहेको छ ।’

पुस्तक होटल क्षेत्रमा काम गर्ने युवाहरुको लागि मनोवल बढाउँदै उत्प्रेरणाको माध्यमका रुपमा रहेको औंल्याउँदै उहाँले खाना खानको लागि मात्र नभई नेपालीको जीवन र पद्धतिको लागि भएको उल्लेख गर्नुभयो । नेपाली खाद्य वस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी देशको आर्थिक समृद्धिलाई सहयोग गर्न आग्रह गर्दै उहाँले नेपालमा नै सम्भावनाको ढोका खोल्ने भूमिका खेल्न सवैलाई आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले पुस्तक अनुभवको साथ साथै अनुसन्धानात्मक भएको उल्लेख गर्नुभयो । पुस्तक लेख्न र सेफ बन्न सजिलो नभएको उल्लेख गर्दै उहाँले पुस्तकबाट नेपालमा नै सम्भावना छ भन्ने विचार स्थापित गर्न सहयोग पुग्ने विश्वास गर्नुभयो । भावी पुस्तालाई पुस्तक मार्गदर्शनको रुपमा रहेको उल्लेख गर्दै उहाँले पुरातन सोचको अन्त्य नगरी विश्व बजारमा नेपाली खाद्य वस्तुको प्रवद्र्धन गर्न कठिन रहेको बताउनुभयो ।

हानका महासविच साजन शाक्यले पुस्तक विदेशमा लिएको अनुभव तथा नेपाली पहिचनाको प्रचारात्मक भएको बताउनुभयो । नेपाल पर्यटन क्षेत्रको हवको रुपमा रहन सक्ने उल्लेख गर्दै पुस्तकले नेपालको प्रवद्र्धनमा विशेष सहयोग पुग्ने धारणा राख्नुभयो । एक विदेशी पर्यटक आए १० नेपालीलाई रोजगारीको व्यवस्थापन हुने उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रले देशको सवैभन्दा ठूलो अर्थतन्त्र धानेको स्मरण गराउनुभयो ।

पूर्व नेपाल पर्यटन वोर्डका सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्र र सेफ एक अर्काका परिपुरक भएको बताउनुभयो । नेपाली खाद्य वस्तु संस्कृतिसँग सोत जोडिएकाले नेपाली खाना र प्राकृतिक सम्पदाको साथमा संस्कृति अन्तर्राष्ट्रिय पहिचनाका रुपमा स्थापित रहेको दावी गर्नुभयो । पुस्तक नव युवा तथा कलेजहरुमा वितरण गर्न सके थोरै मात्रामा भएपनि युवाहरु विदेशीनबाट रोक्न सकिने उल्लेख गर्नुभयो ।

अमृत कँडेलले स्वागत गर्नुभएको कार्यक्रममा लक्ष्मण भण्डारी, गणेश ढकाल, रत्नबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ