राजवल्लभको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक

काठमाडौं,  अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् ।

शनिबार आयोजित एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष लागेको बताए ।

‘कलाकार र कवि मेरो दुई पक्ष छ’, उनले भने ‘आज दुवै पक्षले आत्मीयता गरेको अनुभूति गरेको छु ।’ कृति छोरी औरामा समर्पित रहेको उनले बताए । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन समय कृतिको तयारी गरेको उनले कार्यक्रममा कविता वाचन समेत गरे ।

पुस्तक विमोचन कार्यक्रममा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ