सिटामोल’को धमाकेदार ट्रेलर सार्वजनिक

काठमाडौं, आगामी साउन २३ गते जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

३ मिनेट २० सेकेण्डको सार्वजनिक ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको छ ।

ट्रेलरमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई पनि झल्काउन खोजिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललगायत देखिएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ