मोहर: प्रेम र बदला को कथाको ट्रेलर सार्वजनिक

काठमाडौं, चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा सस्पेन्स, थ्रिलरको साथमा प्रेम, विछोड र बदलाको कथा छ ।

ट्रेलर पल शाह र बेनिशा हमाल तथा नीति शाह, कलाकार लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।

देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको चलचित्रको ट्रेलरमा पलको बेनिशा र नीतिसँगको प्रेम पनि देखिन्छ ।

साउनको २३ गतेबाट रिलिज हुने यो चलचित्रलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा ओम प्रतीकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ