कमेडी दरबार’ समूहद्वारा ‘क का कि की’ फिल्म निर्माण हुने

काठमाडौं, चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माण गर्ने भएको छ ।

निर्माण टिमले सोमबार ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ ।

फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ