‘जारी–२’को प्रदर्शन मिति घोषणा

काठमाडौं, चलचित्र ‘जारी–२’ले तीन पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ ।

यो चलचित्र असोज ३ गते रिलिज हुनेछ । ‘जारी–२’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् । बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगर मात्र छन् ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, सिर्जना निङ्लेखुलगायतको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ