धिरज–मिरुनासहितको ‘मैझारो’ कात्तिक ७ बाट प्रदर्शनमा

काठमाडौँ  । फिल्म ‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैँचामा बसेका छन् । धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ